४० अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्त कम्पनीहरू चरम तरलता संकटमा गएपछि राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा पठाउर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनको लागि ४० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ।

बैंकले बोलकबोल प्रकृयाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो। राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत बैकिङ प्रणालीमा उक्त रकम पठाउन लागेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरीद गरेर ऋण दिने मौद्रिक औजार आउट राइट पर्चेज हो।

केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैंकले यसपाली भने बजारमा पैसा पठाउन लागेको हो। चालु बर्ष दोस्रो पटक आउट राइट पर्चेज गर्न लागेको हो। यसअघि २५ अर्ब रुपैयाँ बजारमा दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स