सानिमा बैंकको क्यास डिपोजिट मेसिन सुविधा सञ्चालनमा

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सकिने छ ।

यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ । हाल उक्त मेशिनबाट ग्राहकहरुले ५०० र १००० रूपैयाँ दरका १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् ।

यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स