नबिल बैंकले ल्यायो चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना

काठमाडौं । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।

बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा इभी एक्सपोमा सहभागी हुुँदै आफ्ना ग्राहक वर्गहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुल्कमा विशेष छुट उपलब्ध गराउनेछ ।

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ ।

यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं.जी १२ मा ग्राहक वर्गलाई तत्काल ऋण मुुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स