८ वाणिज्य बैंकका सेयरधनीले लाभांश नपाउने, कुन कुन बैंकका सेयरधनी पर्ने भए मारमा !

काठमाडौं । ८ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश बाड्न नपाउने भएका छन् । राष्ट्र बैंकले तोकेकोभन्दा बैंंकहरूको सीसीएआर कम हुँदा उनीहरूले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश बाड्न नपाउने भएका हुन् । सानिमा, एनआइसी एशिया, प्रभु, एनसीसी, सनराइज, सिद्धार्थ, लक्ष्मी, र माछापुच्छ्रे बैंक हुन् ।

राष्ट्र बैंकको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ मा वाणिज्य बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत क्यापिटल कन्जरभेसन बफर अर्थात् पुरक पुँजी गरी नयूनतम ११ प्रतिशत पुँजीकोष पुग्नु पर्ने व्यवस्था गरेको छ । सो पुँजीमध्ये प्राथमिक पुँजी अनिवार्य नै हो ।

औषतमा वाणिज्य बैंकहरूको सीसीएआर १० प्रतिशतमाथि भएपनि सो अवधिमा ८ वटा वाणिज्य बैंकको भने, सीसीएआर १० प्रतिशतभन्दा कम छ । गत असार मसान्तसम्म ८ वाणिज्य बैंकहरूको सीसीएआर ‘बोर्डर लाइन’ अर्थात् ८.८१ प्रतिशतदेखि ९.६६ प्रतिशतसम्म कायम छ । गत असार मसान्तसम्म औषतमा वाणिज्य बैकहरूको सीसीएआर १०.७६ प्रतिशत र सीएआर १३.५७ प्रतिशत कायम छ ।

एनआईसी एशिया बैंकले यस वर्ष पनि लाभांश वितरण गर्न नपाउने, लगानीकर्ता मारमा

गत असारमसान्तमा माछापुच्छ्रे बैंकको सीसीएआर सबैभन्दा कम छ । माछापुच्छ्रे बैंकको सीसीआर ८.८१ प्रतिशत कायम रहेको छ भने प्रभु ८.९० प्रतिशत, एनआइसी एशिया ८.९३ प्रतिशत, लक्ष्मी ९.०९ प्रतिशत, सनराइज ९.१८ प्रतिशत, सिद्धार्थ ९.१८ प्रतिशत, सानिमा बैंकको सीसीएआर ९.६६ प्रतिशत, र एनसीसी ९.२० प्रतिशत सीसीएआर रहेको छ ।

के हो प्राथमिक पुँजीकोष ?
प्राथमिक पुँजी कोषभित्रमा न्यूनतम साझा इक्विटी ४.५ प्रतिशत पुँजी संरक्षण बफर २.५ प्रतिशत, न्यूनतम साझा (टियर वान) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात भनिन्छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/09/Compiled-KFI-asar-2079.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स