सहज बन्दै बैंकहरू, भदौमा मात्रै ६० अर्ब निक्षेप थपियो, १२ अर्ब लगानी, कुन बैंकको निक्षेप संकलन कति ?

काठमाडौं । लामो समय लगानी योग्य पुँजीको अभाव खेपिरहेका वाणिज्य बैंकहरू भदौ महिनामा भने केहि सहज भएका छन् । साउन महिनमा अधिकांश बैंकको घटेको निक्षेप भदौ लागेपछि बढेको हो । भदौ ३ गतेदेखि वाणिज्य बैंकहरूले ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौमा संकलन भएको निक्षेपमा पनि भदौ अन्तिम साता ४१ अर्ब रुपैयाँ संकलन भएको छ । भदौ २४ गतेदेखि ३१ गतेसम्म वाणिज्य बैंकहरूले सो रकम जम्मा गरेका हुन् । भदौ महिनमा वाणिज्य बैंकहरूले १२ अर्बमात्रै कर्जा प्रवाह गरेका छन् ।

भदौ २४ गतेसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४४ खर्ब ४८ अर्ब थियो । ३१ गते आइपुग्दा सो निक्षेप बढेर ४४ खर्ब ८६ अर्ब पुगेको छ । भदौ ३ गतेसम्म बैंकहरूमा ४४ खर्ब २६ अर्ब निक्षेप संकलन भएको थियो । दोस्रो सातासम्म स्थिर रहेको निक्षेप भदौ तेस्रो साता भर्दौ १७ गते ११ अर्बले बढेर ४४ खर्ब ३७ अर्ब पुगेको थियो । १७ गतेदेखि २४ गतेसम्मको अवधिमा निक्षेप फेरि ८ अर्बले बढ्यो २४ गतेदेखि ३१ गतेसम्म ४१ अर्बले निक्षेप बढेको छ ।

साउन मसान्तको तुलनामा भदौमा ५२.१५ प्रतिशतले बैंकहरूको निक्षेप बढेको छ । भदौ महिनामा सबैभन्दा बढी निक्षेप संलकन नेपाल बैंक बढाएको छ । बैंकले यो अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकले यो अवधिमा एभरेष्ट बैंकले ५ अर्ब ७१ रुपैयाँ निक्षेप संकलन गरेको छ भने नबिल बैंकले ५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कुमारी बैंकले ४ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कृषि विकास बैंकले २ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

साउन महिनामा अधिकांश बैंकको निक्षेप घटेकोमा भदौ महिनामा ६ वटा बैंकको मात्रै निक्षेप घटेको बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो अवधिमा सानिमा, सिद्धार्थ, प्रभु, एनसीसी, सिभिल र सेन्चुरी बैंकले निक्षेप घटाएका छन् ।

बैंकको निक्षेप संकलनको अवस्था

AMOUNT IN BILLIONS
S.N. BANK 31st Ashad, 2079 31st Shrawan, 2079 31st Bhadra, 2079 Change since 31st Ashad 2079 (Amount) Change since Last Month (Amount)
Total Deposit Total Deposit Total Deposit
1 ADBL 166.71 159.41 161.97 -4.74 2.56
2 BOK 111.03 108.06 109.08 -1.95 1.02
3 CENTURY 101.40 96.76 95.28 -6.12 -1.48
4 CITIZEN 155.14 150.95 152.09 -3.05 1.14
5 CIVIL 96.04 93.25 92.60 -3.44 -0.65
6 EBL 173.40 168.86 174.57 1.17 5.71
7 GLOBAL 286.56 280.98 282.97 -3.59 1.99
8 HBL 171.47 170.11 170.66 -0.81 0.55
9 KUMARI 182.96 173.60 178.20 -4.76 4.60
10 LAXMI 139.88 139.19 139.88 0.00 0.69
11 MBL 148.70 143.89 145.22 -3.48 1.33
12 MEGA 156.49 154.53 155.58 -0.91 1.05
13 NABIL 329.57 326.17 331.36 1.79 5.19
14 NBL 197.11 186.20 194.15 -2.96 7.95
15 NCC 141.48 130.50 128.44 -13.04 -2.06
16 NIBL 186.21 186.20 186.37 0.16 0.17
17 NIC 294.98 305.13 308.92 13.94 3.79
18 NMB 186.40 181.01 183.85 -2.55 2.84
19 NSBL 119.66 121.63 125.00 5.34 3.37
20 PRABHU 182.14 169.85 168.80 -13.34 -1.05
21 PRIME 165.37 160.87 161.08 -4.29 0.21
22 RBB 256.64 241.32 256.77 0.13 15.45
23 SANIMA 158.88 154.81 151.41 -7.47 -3.40
24 SBL 196.48 195.65 195.04 -1.44 -0.61
25 SCBNL 101.95 103.63 104.99 3.04 1.36
26 SUNRISE 134.79 130.81 131.24 -3.55 0.43
INDUSTRY TOTAL/AVG 4541.44 4433.37 4485.51 -55.92 52.15

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स