९ लाख नाघे कनेक्ट आईपीएस युजर, एटीएमबाटमात्रै साउनमा झिकियो साढे ७३ अर्ब (रकम र युजरसहित)

काठमाडौं । कोरोना कहर पछि नेपालले डिजिटल पेमेन्ट तथा कार्ड युजरहरूको संख्यामा फड्को मारेको छ । पछिल्लो समय कनेक्ट आईपीएस प्रयोग कर्ता बढेर ९ लाख नाघेको हो । सो युजरमध्य साउन महिनामात्रै १२ भन्दा बढी कनेक्ट आईपीएस युजर बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७९ असार अन्त्यसम्म ८ लाख ९६ हजार ३४१ रहेको कनेक्ट आईपीएस युजरको संख्या साउन महिनामा बढेर ९ लाख १७ हजार ५४३ पुगेको हो ।

साउन महिनामा ३४ लाख ४७ हजार ७५८ पटकको आईपीएस प्रयोगबाट २ खर्ब ५९ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको तथ्यांक छ । असार महिनामा यस्तो ४२ लाख ७० हजारभन्दा बढी पटक आईपीएस प्रयोग भएर ३ खर्ब ६९ अर्ब २२ करोड कारोबार भएको छ ।

त्यस्तै साउनमा महिनामात्रै एटीएमबाट ७३ अर्ब ४६ करोड रुपैयाँ निकालिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार १ करोड ९ लाख ८५ हजार ७११ पटकको एटीएम कार्डको प्रयोगबाट सो रकम निकालिएको हो । असार महिनामा १ करोड १ लाख पटकको एटीएम प्रयोगबाट ७९ अर्ब ४५ करोड रुपैयाँ एटीएमबाट निकालिएको थियो ।

साउन महिनामा मोबाइल बैकिङ प्रयोगकर्ता भने घटेका छन् । असार महिनामा २ करोड ५ लाख ६४ हजार नाघेको मोबाइल बैकिङ प्रयोगकर्ता असारमा घटेर २ करोड १८ हजारमा सीमित भएका छन् । साउनमा मोबाइल बैकिङ प्रयोगकर्ता बढेसँगै कारोबार रकम पनि घटेको छ । असारमा १ खर्ब ६३ अर्ब २५ लाख रहेको मोबाइल बैकिङ कारोबार साउनमा १ खर्ब ५२ अर्ब ५६ लाख रुपैयाँका सीमित भएको छ ।

देशभरि इन्टरनेट पुगेसँगै अहिले बैकिङ कारोबार डिजिटलाइजेशन हुँदै गएको छ । विभिन्न १५ प्रकारका पेमेन्ट सिष्टमबाट अनलाइन बैकिङ कारोबार भइरहेको छ ।

कुन कुनबाट कति भयो कारोबार ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स