नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवनबीच सम्झौता

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवन प्रा.लि.बीच नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड होल्डरहरुलाई होटल स्टार चितवन प्रा.लि.ले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट दिने सम्झौता सम्पत्र भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवन प्रा.लि.का अध्यक्ष भेषराज दुवाडी ले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले होटल स्टार चितवनको सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

बैंकले विभित्र बचतकर्ताहरु, सेयरधनीहरु लगायत अन्य सरोकारवालाहरुलाई विभित्र मापदण्डको आधारमा बिशेषधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटल वाट लिने सेवामा छुट लिन सक्ने छन् ।

यस सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको ब्यावसायिक सम्बन्ध तथा ब्यावसाय सुदृढ हुने बिश्वास बैंकले लिएको छ । बैंकका बिशेषधिकार कार्ड होल्डरहरुलाई होटलले प्रदान गरेको छुट सुविधामा बैंक प्रशत्रता ब्यक्त गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स