काठमाडौं । हिमालयन बैंक लिमिटेडले यही भाद्र २७ गतेदेखि न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ । यस मेसिन बाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् ।
सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् ।
हिमालयन बैंकको यस सुबिधाले बंैकका ग्राहकहरुलाई बंैकिङ कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बंैकको विश्वास छ ।
हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएम र ६,००० भन्दा बढी पीओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ ।