मुक्तिनाथ बैंकमा १ लाख बचत गर्दा १ करोडको बीमा सुविधा भएको ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ संचालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटेगोरी मा न्यूनतम ५०,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लेटिनम क्याटेगोरीमा न्यूनतम १००,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख गरी कुल १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स