नेप्सेमा २ वटा लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । नेप्सेमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो।

शुक्रबार दुई कम्पनीबीच मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएसँगै नेप्सेमा सेयर कारोबार रोक्का भएको हो ।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड कायम हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा अध्यक्ष खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला र डेपुटी प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझा रहने सहमति भएको छ । साथै, दुवै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर ( १००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ ।

मर्जर पछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स