एनएमबि बैंकको ब्याजदर सार्वजनिक (सूचीसहित)

काठमाडौं । एनएमबि बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेको हो ।

असोज लाग्दा समेत वित्तीय क्षेत्रमा ब्याजदर सहज नभएपछि बैंकहरूले असोज ७ महिनापछि ब्याजदर बढाएका हुन् । नयाँ ब्याजदर अनुसार मेरो मुद्दति निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकमा जिरो ब्यालेन्स देखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ ।

त्यसरी नै एनएमबि बैंकले क्षेत्रगत र करेन्सी उपयोगका हिसावले कर्जाको ब्याजदर तय गरेको छ । बैंकले कर्जा प्रवाह गर्दा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडेर दिने भएकोे छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स