काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि असोज १ गते देखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर बढाएको हो ।
६ महिना देखि नबढेको ब्याजदर भदौ ३० गते बसेको नेपाल बैर्कस संघको बैठकले आफू खुशी ब्याजदर बढाउने निर्णय गरेको हो त्यसै स्वरुप आज सबै बैंकले ब्याजदर बढाएका हुन् । मुक्तिनाथ विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अन्तर्गत बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम १० प्रतिशत निर्धारण गरेको छ ।
त्यस्तै, मुद्दति खातामा न्यूनतम ११ प्रतिशतदेखि अधिकतम १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । १४ प्रतिशत रेमिट्यान्स मुद्दति खातामा पाइन्छ जसमा न्यूनतम् ५०० रुपैयाँ हुनु पर्छ ।