प्रभु उन्नती मुद्दती निक्षेपमा १५.१३ प्रतिशत पाइने

काठमाडौं ।प्रभु बैंकले असोज महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि ‘प्रभु उन्नती मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याज पाइने छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइनेछ ।

यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोडिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स