नबिल बैंकले सार्वजनिक गर्यो निक्षेप र कर्जाको ब्याजदर, यस्तो छ नयाँ ब्याजदर (सूचीसहित)

काठमाडौं । नबिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नबिल बैंकले पनि अन्य बैंकले जस्तै असोजमा ब्याजदर बढाएको हो । बैंकले विभिन्न निक्षेप खातामा खाताअनुसार ७ प्रतिशतभन्दा माथि १घ.१३ प्रतिशतसम्म ब्याज दिने सूचना निकालेको छ ।

नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा वार्षिक १२.१३ प्रतिशत र व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुगेको छ ।

नबिल रेमिट्यान्स फिक्स डिपोजिट खातामा भने १३.१३ प्रतिशत पुगेको छ । ३ महिनाभन्दा बढीको निक्षेप पनि नबिलले १२.१३ रहेको छ । यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशतसम्म लाग्ने छ ।

बैंकले ६ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्म लिने भएको छ भने रिटेल लोनमा पनि ६ प्रतिशतदेखि १४.९९ प्रतिशत लिने भएको छ । बिजनेश लोनदेखि लामो अवधिको हाउजिङ र मोटरेज लोनमा १४.९९ प्रतिशत ब्याज लिने गरी ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकबाट हाउजिङ लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । अटो लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । ५ देखि ७ वर्षसम्मका लागि अटो लोन लिँदा १४.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि हाउजिङ र मोटरेजल लोन लिँदा १४.५९ र १० देखि १५ वर्षका लागि हाउजिङ र मोटरेज लोन लिँदा १४.९९ प्रतिशत ब्याज लाग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स