सेञ्चुरी बैंकको नयाँ ब्याजदर सार्वजनिक, रेमिट्यान्स खातामा १४.१४ सम्म ब्याज पाइने

काठमाडौं । असोज महिनामा सेञ्चुरी बैंकको ब्याजदर बढ्ने भएको छ ।बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोलेकाले रेमिट्यान्स खातामा १४.१३ प्रतिशत ब्याज पाउने भएका छन् ।

यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हाल बैंकको आधारदर १०.४० प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । बैंकबाट कर्जा लिँदा १७.४० प्रतिशतसम्म ब्याज लाग्ने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स