ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताले दसैंमा ३३.३३ % क्यासब्याक

काठमाण्डौ । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताले यो दसैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन्।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा यसपालिको दसैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘ एससीटी तथा यूपीआई कार्डको दमदार दसैं धमाका थ्री–डी अफर’ अन्तर्गत ग्राहकले क्यासब्याक प्राप्त गर्नेछन्।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो। जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलहरुमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकले ३३.३३ प्रतिशत अर्थात १ हजार रूपैयाँ (अधिकतम) सम्म क्यासब्याक पाउनेछन्।

यस योजनापश्चात एससीटी कार्ड होल्डर ग्राहकलाई एससीटी कार्डमार्फत गरिने ग्राहकको विश्वास बढाउन सकिने बैंकले जनाएको छ।

असोज १ गतेदेखि दसैंभर चल्ने यो योजनामा कम्तीमा ३ वटा पस (पीओएस) कारोबार गर्ने कार्ड होल्डरलाई ५०० रूपैयाँ तथा कम्तीमा ६ वटा पस (पीओएस) कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार रूपैयाँ क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० रूपैयाँको हुनुपर्नेछ। जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स