बैंकको ब्याजदर असोज महिनाबाट बढ्ने, हट्यो भद्र सहमति

काठमाडौं । कमर्शियल बैंकहरुबीच ब्याजदरबारे कायम भद्र सहमति हटेको छ। नेपाल बैंकर्स संघ (एनबिए) को कार्यसमितिको बिहीबार बिहान बसेको बैठकले लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार अब राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंकहरुले आफुअनुकुल ब्याजदरबारे निर्णय लिन पाउनेछन।

गत फागुनदेखि नै बैंकहरुले निक्षेपको ब्याज बढाएका छैनन्। सबै बैंकले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए। तर केहि बैंकले भद्र सहमति तोडेर धेरै ब्याज दिन थालेपछि बैंकर्स संघले ब्याजदर निर्धारणलाई खुल्ला छोड्ने निर्णय गरेको हो।

एनबिए ले ब्याजदरमा कायम सहमति हटाएसँगै तत्काललाई निक्षेपको ब्याज बढ्न सक्ने देखिन्छ भने अहिले निक्षेपमा बढेको ब्याजदरको असर भविष्यमा अर्थात आगामी महिनामा कर्जामा पनि देखिनेछ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले आगामी महिनादेखि लागू हुनेगरि यो महिना ब्याजको दर सार्वजनिक गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औषत तथा न्युनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र परिवर्तन गरि ब्याजदर निर्धारण गर्न सक्नेछन।

हाल बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.०३ तथा संस्थागत तर्फ ९.०३ प्रतिशत दिइरहेका छन् । अब यसमा १० प्रतिशत बढाउँदा व्यक्तिगतको १२.१३ प्रतिशत र संस्थागततर्फ करिब ९.९३ प्रतिशत ब्याजदर हुन सक्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स