काठमाडौं । साउन महिनामात्रै बैंक तथा वित्तीय संस्थाहहरूले ९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ लगानी गरेका छन् । जेठ असार महिनामा ठप्प जस्तै रहेको बैंकको मुल लगानी साउन महिनासम्म बढेर ४७ खर्ब २३ अर्ब पुगेको छ । सो लगानी गरेर बैंक तथा वित्त कम्पनीहरूले कुल ९ अर्ब ९३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । असार महिनासम्म बैंक तथा वित्त कम्पनीहरूको लगानी ४७ खर्ब १३ अर्ब ५३ करोड रुपैयाँ थियो ।
साउन महिनामा वाणिज्य बैंकहरूले ९ अर्ब ३ करोड ८१ लाख, विकास बैंकहरूले ७४ करोड ७३ लाख र वित्त कम्पनीहरूले १३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
साउन महिनासम्म वाणिज्य बैंकहरूले कुल ४१ खर्ब ८९ अर्ब लगानी गरेका छन् । सो लगानीमध्ये निजी क्षेत्रमा ४० खर्ब ३० अर्ब लगानी गरेका छन् । साउन महिनामा वाणिज्य बैंकहरूले निजी क्षेत्रमा मात्रै ४ अर्ब ६७ करोड रुपैयाँ लगानी भएको छ ।
विकास बैंकले साउन महिनासम्म ४ खर्ब ४१ अर्ब ९४ करोड लगानी गरेकोमा निजी क्षेत्रमा ४ खर्ब १८ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेको छ । साउन महिनासम्म वित्त कम्पनीबाट ९१ अर्ब २२ करोड रुपैयाँ लगानी भएकोमा ८५ अर्ब ९९ करोड रुपैयाँ लगानी भएको छ ।
सबैभन्दा बढी कमाउनेमा नबिल बैंक
चालु आवको पहिलो महिना साउनमा वाणिज्य बैंकहरूमा सबैभन्दा बढी नबिल बैंकले, विकास बैंकहरूतर्फ गरिमा विकास बैंकले र वित्त कम्पनीहरुतर्फ गुडबिल फाइनान्सले खुद नाफा कमाएको हो ।
एक महिनामै वाणिज्य बैंकहरूमा सबैभन्दा बढी नबिल बैंकले ८१ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने बढी नाफा कमाउने वाणिज्य बैंकहरूको दोस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक ७५ करोड २१ लाख, तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक ६७ करोड ३३ लाख रुपैयाँ र चौथो नम्बरमा एनआईसी एशिया बैंकले ४७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
साउन महिनामा सबैभन्दा कम नाफा बैंक अफ काठमाण्डूले कमाएको छ । बैंकले १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरूमध्ये सो अवधिमा ३ वटाले ५० करोड रुपैयाँदेखि ८३ करोड रुपैयाँसम्म, ९ वटाले ३० करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म, ११ वटाले २० करोडदेखि ३० करोड रुपैयाँसम्म र ३ वटाले २० करोड रुपैयाँभन्दा कम खुद नाफा कमाएका छन् ।
यसैगरी चालु आवको पहिलो महिनामा विकास बैंकहरूले पौने ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । जसमा सबैभन्दा बढी नाफा गरिमा विकास बैंकले १५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । बढी खुद नाफा कमाउने विकास बैंकहरूको दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक १३ करोड ५४ लाख, तेस्रो नम्बरमा ज्योति विकास बैंक ९ करोड २४ लाख र चौथो नम्बरमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । साल्पा विकास बैंकले १६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
चालु आवको साउन महिनामा वित्त कम्पनीहरूले १४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाउँदा पहिलोमा गुडबिल फाइनान्सले ५ करोड ९५ लाख, दोस्रोमा सेन्टल फाइनान्सले २ करोड ८७ लाख, तेस्रोमा पोखरा फाइनान्सले १ करोड ३५ लाख र चौथोमा आसीएफसी फाइनान्सले १ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तो छ वाणिज्य बैंकको नाफा
स्रोतः नेपाल राष्ट्र बैंक