काठमाडौं । भदौ तेस्रो साता वाणिज्य बैंकहरू निक्षेप संकलन तथा कर्जा प्रवाहमा सहज बन्दै गएका छन् । नेपाल बैकर्स संघको तथ्यांकअनुसार भदौ १७ गतेदेखि भर्दाै २४ गतेसम्मको यो अवधिमा ८ अर्बले निक्षेप बढेको छ भने ७ अर्ब रुपैयाँले कर्जा प्रवाह भएको छ । भदौ चौथो सातासम्म आइपुग्दा निक्षेप ७.५१ प्रतिशतले वृद्धि भएको छ भने ६.८६ प्रतिशत वृद्धि भएको छ ।
भदौ १० गतेसम्म स्थिर रहेको वाणिज्य बैंकहरूको निक्षेप भदौ १७ गतेदेखि बढ्न थालेको हो । यो अवधिमा वाणिज्य बैंकहरूले कुल ४४ खर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यसरी नै भदौ १० गतेसम्म सुस्त रहेको कर्जा प्रवाहको अवस्था भदौ १७ गतेदेखि २४ गतेसम्मको अवधिमा ७ अर्ब रुपैयाँले बढेर कुल कर्जा प्रवाह ४१ खर्ब ८८ अर्ब पुगेको छ ।
यता कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.३६ प्रतिशत रहेको छ ।