माछापुच्छ्रे बैंकद्वारा गढीमाई मन्दिरमा क्यूआर कोड सेवा सञ्चालनमा

काठमाण्डौ । डिजिटल सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थस्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यूआर कोड हस्तान्तरण गरेको थियो। उक्त क्यूआर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्रप्रसाद यादवले संयुक्त रुपमा गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहतेलीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल राष्ट्र बैंक वीरगन्जका निर्देशक राजनदेव भट्टराई, प्रहरीउपरीक्षक होमेन्द्र बोगटी, सशस्त्र प्रहरीउपरीक्षक राजेन्द्र थापा, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत स्थानीय व्यापारी, सर्वसाधारण एवं बैंकका कर्मचारीको उपस्थिति थियो।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दर्शनार्थीले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन्। दर्शनार्थीले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन्।

नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएका कारण क्यूआर कोडको प्रयोग आममानिसमा बढ्दै गइरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स