इमर्जिङ नेपालले इमर्जिङ भेन्चरमा साढे ६ करोड लगानी गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले इमर्जिङ भेन्चर लिमिटेडमा लगानी गर्ने भएको छ । इमर्जिङ नेपाल लिमिटेडले इमर्जिङ भेन्चर लिमिटेड कम्पनीमा १०० रूपैयाँका दरले ६ लाख ५० हजार कित्ता थान सेयरको हुन आउने रकम ६ करोड ५० लाख लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले आज लगानी गर्न कबुल गरेको सूचना नेप्सेमा जानकारी गराएको हो ।

उक्त रकम कम्पनीले माग गरेको बखत भुक्तानी गरिने इमर्जिङ नेपाल लिमिटेडले जनाएको छ। इमर्जिङ भेन्चर लिमिटेड यहि भदौ २२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनी हो ।

कम्पनीले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स