राष्ट्र बैंकद्वारा नयाँ नोट वितरण शुरु, कुन बैंकले कति पाए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नयाँ नोट वितरण गर्न शुरु गरेको छ । राष्ट्र बैंकले दशैंका लागि बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले बताए ।

बैंकले दसैं तिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो । पहिलो दिन ७ वटा बैंक तथा वित्तिय संस्थालाई ३० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको उनले बताए ।

बुधबारदेखि ‘क’ वर्गका वाणिज्य बैंकलाई १० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकलाई ५ करोड रुपैयाँ र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराएको उनले बताए ।

सर्वसाधारणले भने भदौ २९ गतेदेखि असोज १४ गतेसम्म एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको उनले बताए ।

एक पटकका लागि १८ हजार ५०० रुपैयाँको सटही सीमा तोकिएपनि सोही व्यक्तिले भोलिपल्ट वा अरु दिन आएर फेरि सोही परिणाममा पैसा साट्न सक्ने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स