काठमाडौं । एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।
सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रा.ली मा ओपीडी चेकअप एण्ड इन्भेष्टिगेसन (इन्डोसकोपी,एक्स–रे,युएसजी,प्याथोलोजी टेष्ट,जनरल वार्ड एण्ड क्याबीन बेड चार्ज मा १५ प्रतिशत रवटी चार्ज,सीटी स्क्यान,आइसीयु,एनआइसीयु,एचडीयु/नर्सरी मा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।