बैंकहरुद्वारा धमाधम २ गुणादेखि १० गुणासम्मको ‘लङ ट्रम मुद्दती योजना’ सार्वजनिक, कुन बैंककोे कति ?

काठमाडौं । बैंकहरूले निक्षेपको चाप थेग्न नसक्ने भएपछि धमाधम ‘लङ ट्रम मुद्दती योजना’ सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका लङ ट्रम मुद्दती योजनामा ६ वर्षदेखि ७ वर्षसम्मका लागि २ गुणा र २० वर्षभन्दा माथिको मुद्दती योजनाको लागि १० गुणा रकम उपलब्ध गराउने योजना ल्याएका हुन् ।

वित्तीय बजारमा एग्रेसिभ रुपमा देखिएको एनआईसी एशिया बैंकले सबैभन्दा पहिला यस्तो योजना ल्याएपछि पछिल्लो समय सबै बैंक तथा वित्तीय संस्थाले त्यसैसँग मिल्दोजुल्दो योजना ल्याएका छन् ।

यद्यपि बैंकहरूले ल्याएको यो स्किम लङ ट्रम बचतकर्ताको लागि फाइदा हुने देखिएपनि ४ वर्षको नियुक्ति लिएर आएका बैंक तथा वित्तीय संस्था सञ्चालन बोर्ड र बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो कार्यकालभन्दा ५ गुणा बढी समयको यस्ता योजना ल्याउन हुने हो या होइन भन्ने विषयमा भने सरोकारवालाको ध्यान जान आवश्यक देखिन्छ । यतिमात्रै होइन बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा निक्षेप तान्नका लागि सहमतिभन्दा बाहिर गएर डिल पनि गरिरहेका प्रशस्त उदाहरण भेटिन्छ ।

यद्यपि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले विभिन्न नाम दिएर गरेको यो लङ ट्रम मुद्दती योजनाले सर्वसाधारण बचतकर्तामा भने केहि उत्साह नै थपेको छ ।

‘नबिल ढुक्क मुद्दती खाता’
नबिल बैंकले ‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा ल्याएको छ । यस खाता अन्तर्गत ग्राहक वर्गले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिन ेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

त्यसैगरि विप्रेषण अन्र्तगत खोलिने ढुक्क मुद्धती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस खाता अन्तर्गत ग्राहकले ३००,००० सम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् ।

ग्लोबल बैंकको ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने ‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको हो ।

यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ ।

बैंकक अनुसार यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । यो मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रूपैयाँ रहेको छ । यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम प्रतिफल प्राप्त गर्न टेवा पु¥याउने बैंकको विश्वास रहेको छ ।

बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

एनआईसी एशियाको ‘‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’
एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ। देशको दूरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने योजना ल्याएको हो ।

यसमा १० गुणासम्म प्रतिफल सहित ४ जनालाई ५ वर्षसम्म कुल ८४ लाखसम्मको ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र अन्य २४ सुविधा भएको ‘ज्ञण्ह सर्वश्रेष्ठ मुद्दती योजना’ रहेको छ । साथमा ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा सुविधा पाउने बैंकले जनाएको छ । यो योजना २०७९ श्रावण महिनासम्मको लागि उपलब्ध रहेको बैंकले जनाएको छ ।

नेपाल बैंक
नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिटन्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा छ वर्ष ११ महिना २ दिनमा दुईगुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरूमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले २१९ शाखाहरु, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

सनराइज बैंक
सनराइज बैंकले आफ्ना ग्राहकहहरुको लागि १५ गुणासम्मको प्रतिफल दिने मुद्दती खाता ल्याएको छ । सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्म रकम प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

यस खातामा १४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ ।

बैंकको अनुसार यस योजनामा सहभागी हुन न्यूनतम २५ हजार रकम मुद्दती गर्नुपर्ने छ । उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ ।
यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले ५ लाखसम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ ।

हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्राइम कमर्शियल बैंक
यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।

त्यस्तै व्यक्तिगत गतप्राइम कमर्सियल बैंकले १० गुणासम्म वृद्धि हुने मुद्दती खाताहरु सार्वजनिक गरेको छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरूका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि लक्षित गरि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरूमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा १० गुणा बढी पाइनेछ ।

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) र प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) का निक्षेपकर्ताहरुले १८ घातक रोगका विरुद्ध बीमा (१० लाख), दुर्घटना बीमा (१० लाख) तथा स्वास्थ्य बीमा (१ लाख सम्म) प्राप्त गर्न सक्ने र आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । गत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यतिmगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् ।

यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ सेवामा शुरुको वर्ष निःशुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरिनेछ । देशभरका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत यो मुद्दती खाता खोल्न सकिने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।

विकास बैंक
साग्रिला विकास बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहकले यो योजना न्यूनतम मौज्दात १० हजारबाट सुरु गर्न सक्नेछन्। यस मुद्दती योजनाअन्तर्गत बचत रकमअनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ ।

ग्राहकले यस योजनाअन्तर्गत आफ्नो बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोहीअनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्नेसमेत व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने वा दिने दिनसम्म पुँजीकरण गरिएको ब्याज रकमसमेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन चाहने ग्राहकले मुलुकभर रहेका ११२ शाखा कार्यालयमार्फत सुलभ तरिकाले खाता खोली रकम वचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन्। यो योजना सीमित अवधिका लागिमात्र सञ्चालन गरिएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकले मुलुकभर ११२ शाखा कार्यालय, ३२ एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे २२.५० लाख सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यतिmगत मुद्धती खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्नु हुने खातावालहरुले आफनो लागि १० लाख सम्मको दुर्घटना बीमा, २ लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउने छन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्ने छन् र जति अवधिको मुद्धती खाता खोल्यो त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्न सकिने छ । यो योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बर सम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ योजना संचालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।

त्यस्तै व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ । साथै, थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नसकिने छ । यो योजना बाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

गरिमा विकास बैंक
गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बरहुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको छ जस्ले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुची देखाईरहेको अवस्थामा यस विकास बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो ।

साथै, यस विकास बैंकको यो योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको छ ।

हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

बेष्ट फाइनान्स
बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । फाइनान्सले बचत डबल गर्ने की तेब्बर भन्ने शीर्षकमा यो नयाँ योजना ल्याएको हो ।

कम्पनीका अनुसार यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ । फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर हुने जनाएको छ ।

फाइनान्सका अनुसार यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटिएम सेवा निः शुल्क पाउने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स