राष्ट्र बैंकद्वारा १ हजार दरका ४३ करोड वटा नोट छाप्न टेण्डर आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १ हजार दरका नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै १ हजार रुपैयाँ दरको ४३० मिलियन अर्थात् ४३ करोड वटा नोट छाप्न टेण्डर आह्वान गरेको हो । राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो ।

राष्ट्र बैंकले बोलपत्रको सूचना प्रकाशन भएको मितिले ४६ औं दिन दिउँसो १२ बजेभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रस्ताव पेस गर्ने कम्पनीहरुले ४ करोड १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ।

राष्ट्र बैंकले यसअघि छनौट गरिसकेको १० वटा अन्तर्राष्ट्रिय कम्पनीले मात्र यस बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन्। गत वर्ष नै राष्ट्र बैंकले नोट छाप्नका लागि निवेदन पेस गरेकामध्ये १० वटा कम्पनीलाई योग्य रहेको भन्दै छनौट गरी सूची सार्वजनिक गरेको थियो।

अब ती १० कम्पनीमध्ये सबैभन्दा कम मूल्य नोट छाप्न बोलकबोल गर्ने कम्पनीलाई राष्ट्र बैंकले नोट छाप्ने जिम्मा दिनेछ।

यस्ता छन् १० योग्य कम्पनी :
1. Security Printing and Minting Corporation of India Limited, India

2. Crane A.B., Sweden

3. Casa da Moeda do Brasil, Brazil

4. China Banknote Printing and Minting Corporation, China

5. Joint Stock Company ‘Goznak’, Russia

6. De La Rue International Limited, United Kingdom

7. Giesecke+Devrient Currency Technology GmbH, Germany

8. Orell Füssli Security Printing, Switzerland

9. Oberthur Fiduciaire SAS, France

10. Korea Minting, Security Printing & ID Card Operating Corp., Korea

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स