गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई नियुक्त

काठमाण्डौ । गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई नियुक्त भएका छन्।

सोमबार कम्पनी सञ्चालक समितिको बसेको बैठकले संस्थापक सञ्चालक राईलाई आज (मंगलबार) देखि लागू हुनेगरि अध्यक्ष पदमा नियुक्त गरेको हो।

यसअघि कम्पनीको अध्यक्ष पदबाट गौरव बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए।

सोमबारको सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृति गरिसकेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स