एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत निःशुल्क रेमिटेन्स पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ। भाद्र १५ देखि कार्तिक १५ सम्म लागू हुने यो योजनामा बैंकका ग्राहकहरूले बैंकको एप प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन्। यसका लागि ग्राहकहरूले एप भित्र रहेको आईरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सकिने छ । यसरी दैनिक अधिकतम २५ हजारसम्म रकम पठाउन सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स