प्रभु बैंक र सेन्चुरी कमर्सियल मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकलाई एक आपसमा गाभिनको लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । मर्जरका लागि प्रारम्भिक सझौता गरिसकेका यी दुई बैंकलाई राष्ट्र बैंकलाई राष्ट्र बैंक बोर्ड बैठकले सैद्धान्तिक सहमति दिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । सैद्धान्तिक सहमति दिएको छ ।

मर्जरमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा मर्जर गर्ने पारम्भिक सम्झौता भईसकेको छ । प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने छ । नयाँ बन्ने बैंकको प्रमुख कार्यकारीमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउने छन् ।

सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ । यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब दुई अर्ब १० करोड र सञ्चित कोष (रिजर्भ) सात अर्ब ३५ करोड हाराहारी छ । मर्जरपछि एकीकृत कारोबार थाल्दा प्रभु बैंकको कुल पुँजी कोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स