कनेक्टआईपीएस मार्फत फन्ड ट्रान्सफर गर्दा १०२ रूपैयाँ क्यासब्याक

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फन्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ।

यो अफरअन्तर्गत हरेक हप्ता मोबाइल बैंकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फन्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरुमध्ये १०२ जनाले १०२ रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो अफर आज भदौ १९ गतेदेखि आगामी असोज २९ गतेसम्म लागू हुनेछ।

आइतबारदेखि शनिबारसम्मको समयावधिमा लकी ड्रमार्फत साप्ताहिक विजेताहरु छानिनेछन् र सोको जानकारी हरेक हप्ताको अन्त्य पछि  www.connectips.com मा प्रकाशन गरिनेछ।

फन्ड ट्रान्सफर गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी फन्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ। मोबाइल बैंकिङबाट फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो। फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

कनेक्टआईपीएसको फन्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिस्टर गर्न आवश्यक छैन। हाल मोवाइल बैंकिङमा रहेको कनेक्टआईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार २ लाखसम्मको फन्ड ट्रान्सफर गर्न सकिन्छ।

कनेक्टआईपीएस फन्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएसअन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत सञ्चालनमा रहेको छ। कनेक्टआईपीएसमार्फत चालु आर्थिक वर्षको करिब डेढ महिनामा ३९५ अर्बबराबरको ५२ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स