सिद्धार्थ बैंकको बैंकिङ सेवा तथा कारोबार तीन दिन बन्द हुने, कारण यस्तो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बैंकिङ सेवा तथा कारोबार तीन दिन बन्द हुने भएको छ ।

बैंकले हाल प्रयोग गरिरहेको कोर बैकिङ सिस्टमलाई परिवर्तन गरी थप सुविधा सहितको फिनाकल कोर बैकिङ सिस्टम प्रयोगमा ल्याउने क्रममा ३ दिनको लागि बैंकिङ सेवाहरु पूर्ण रुपमा बन्द हुन लागेको हो।

बैंकले बैंकिङ सेवा तथा कारोबार भदौ १७ गतेदेखि भदौ १९ गतेसम्म बन्द हुने जनाएको हो ।

बैंकका अनुसार भदौ १७ गते शुक्रबार सन्ध्याकालिन काउन्टरहरु, भदौ १८ गते शनिबार बिदा काउन्टरहरु, भदौ १९ गते आइतबार सम्पूर्ण बैकिङ कारोबारहरु र भदौ १७ गते शुक्रबार बेलुका ६ बजेपश्चात इन्टरनेट बैकिङ, मोबाइल बैकिङ सेवाहरु, एटिएम कार्ड, रेमिट्यान्टस लगायतका सम्पूर्ण बैकिङ सेवाहरु बन्द रहनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स