मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीहरुको समुद्धघाटन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफनो चौथो स्थापनाको अवसरमा कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ ।

कम्पनीले मंगलबार मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाईजर बैक, मुक्तिनाथ नर्सरी बैक, मुक्तिनाथ लाईभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फूड बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ ट्रेडिङ गरि कुल ८ वटा सहायक पब्लिक कम्पनी उद्घाटन गरेको हो ।

देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।

आफ्नो स्थापना काल देखिनै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समुह, सहकारीहरुसंग सहकार्य गर्दै कृषिको मुल्य श्रृंखला विकासका लागि व्यवस्थापकिय भुमिका निर्वाह गर्ने प्रयत्न गरिरहेका बैंकले जनाएको छ । जसको लागि ‘गाउँको उत्पादन शहरमा, शहरको पुजिँ गाउँमा’ र ‘सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानको शुरुवात गरी सोहि अनुसारका कार्यक्रमहरु गर्दै आएको बैंकको भनाइ छ ।

मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो स्थापना दिवस मनाइरहँदा वितेका ४ वर्षहरु विशेषगरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्याहरु, भइरहेका प्रयासहरु, व्यवसायिक अवसरहरु र समग्र कृषि क्षेत्रको विकासमा समग्र नीजि क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरु पहिचान गर्नका लागि मुख्यत व्यतित गरेको र स्पष्ट मार्गचित्र तयार गरेको छ । साथै कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको खरीद सुनिश्चिततागरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आइरहेको छ ।

हालसम्म कम्पनीले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८०५ र सर्वसाधारणबाट २०५ लगानी रहने छ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स