काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘१०.२५५ सानिमा डिबेञ्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
यो बैंकको १ हजार अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको थियो।
ऋणपत्र सूचीकृत भएसँगै बुधबारबाट ऋणपत्रको कारोबार हुने छ । यो ऋणपत्रको ‘SBD89’ सिम्बलबाट कारोबार हुने छ ।
१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।