काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ सूचीकृत भएको छ ।
क्यापिटलको १० रुपैयाँ इकाईमूल्य दरका कुल १० करोड २५ लाख ७६ हजार ३ सय ६० इकाई सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त फण्ड भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छ ।
क्यापिटलको GIBF1 सिम्बलबाट इकाईको कारोबार हुने छ।