काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ जना संस्थापक सेयरधनीको कुल ९० हजार १७२ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
जसअनुसार, संस्थापक सेयरधनी कुवेर निरौलाले १ हजार ६२२ कित्ता, ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, अम्बर बहादुर तामाङले ४१ हजार ४३ कित्ता, नरेन्द्र बलले १३ हजार ६८० कित्ता, रमेश बहादुर तामाङले १३ हजार ६८० कित्ता र पवन सिंह भण्डारीले १ हजार कित्ता सेयर बेच्न निवेदन दिएको हो ।
उक्त सेयरमा आवेदन दिन चाहाने इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन कम्पनीको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा बुझाउनुपर्नेछ।
तोकिएको मितिभित्र कुनै निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।