काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ नामक खुलामखी योजनाले लाभांश घोषणा गरेको छ।
योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापन एनआईबिएल एस क्यापिटलको भदौ ९ गते अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ का लागि एनआईबिएल सहभागिता फन्डको लाभांश घोषणा गरेको हो।
बैठकले यो योजनाका इकाइधनीहरुलाई करसहित ७.२० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
क्यापिटलले लाभांश वितरणको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ भदौ ८ गतेसम्म कायम रहेका इकाईधनीहरु उक्त लाभांशका लागि योग्य मानिने छन् ।
यो खुलामुखी योजना हो। यस योजनाका इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकमबराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्र रकमले हुन आउने थप इकाइ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।