‘तिजको रमझम, अईपे रेमिट को तिज गीतमा नाचौं छमछम’

काठमाडौं । हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि अई पे रेमिट प्रा.लि.ले ‘तिजको रमझम, अईपे रेमिट को गीतमा टिकटक बनाई नाचौं छमछम’ विशेष योजना र्सावजनिक गरेको छ । यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ ।

यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप ५०० रूपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप १५००० रूपैयाँ र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले २०,००० रूपैयाँ प्राप्त गर्न सकिनेछ ।

यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगाएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजनालाई सफल वनाइदिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गर्दछौ ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २०००० भन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ । साथै नेपालको जुनसुकै बैंक तथा वित्तिय संस्थामा रियल टाइम एकाउन्ट डिपोजिट र ई वालेट मा रियल टाइम टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स