महालक्ष्मी विकास बैंकद्वारा उच्चतम व्याजदरको महाबचत खाता सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महाबचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९% व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने कुरा बैंकले जनाएको छ । न्यूनतम मौज्दात ५०० रूपैयाँमै खाता खोल्न सकिने यस बचत खातामा मासिक व्याज भुक्तानी हुने छ ।

विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो ।

देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स