२५ अर्बको ट्रेजरी बिल खरिद गर्न आज आवेदन दिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनको लागि २५ अर्बको ट्रेजरी बिल खरिद गर्ने भएको छ । ट्रेजरी बिल्स बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज बिहीबार २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले बोलकबोल प्रकृयाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधिको २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो । बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ ।

राष्ट्र बैंकले बैंकहरूमा तरलता व्यवस्थापन गर्न समय समयमा यस्ता उपकरणहरू बिक्री तथा खरिद गर्ने गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स