मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’, अब बैंक खाता खोल्दा १ लाख सम्मको बीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरुले पाउने छन् १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा, निःशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशूल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र ट्रानक्विलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने छन् । यो छुट २०७९ भदौसम्मको लागि मात्र हुने छ ।

यस योजनामा शर्तहरु लागु हुनेभएकाले यस योजनाका बारे थप जानकारीका लागि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिने छ । यो योजनोले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स