वर्किङ क्यापिटलमा राष्ट्र बैंक खरो उत्रियो, कर्जा दूरुपयोग भए खराब कर्जामा गणना हुने(पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले मंगलबार पुँजी कर्जा सम्बन्धी मार्गदर्शन जारी गर्दै वर्किङ क्यापिटलमा कडाइ गरेको हो ।राष्ट्र बैंकले कार्तिक १ गतेदेखि लागू हुने गरी नयाँ मार्गदर्शन जारी गरेको हो ।

राष्ट्र बैंकले नयाँ मार्गदर्शन अनुसार चालु पुँजी कर्जामा दुई थरी सीमा तोकेको छ । २ करोडसम्मको चालु पुँजी कर्जामा फर्म र संस्था रकम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार र बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ । यस्तो कर्जा सीमा नवीकरण योग्य हुने राष्ट्र बैंकले जनाएको छ ।

यद्यपि इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको विभिन्न कारण आदिको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारणहरू उल्लेख गरी अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम ४० प्रतिशत हुन आउने रकमसम्म कर्जाको सीमा कायम गर्न सकिने छ ।

२ करोडमाथिको हकमा राष्ट्र बैंकले वार्षिक कारोबारको २५ प्रतिशतसम्म मात्र दिन सकिने व्यवस्था गरेकोे छ । यस्तो कर्जाको अवधि पनि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने छ भने कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।

साथै बैंकले पर्मानेन्ट वर्किङ क्यापिटल निडको लागि कम्तिमा ५ वर्षको आवधिक प्रकृतिको ऋण दिनु पर्ने हुन्छ । चालु पुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी आफ्नो चालु पुँजी कर्जासम्बन्धी नीतिबमोजिम गर्नुपर्नेछ ।

यस्तै चालु पुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी पुँजी कर्जासम्बन्धी नीतिबमोजिम गर्नुपर्दछ ।

तर, निरिक्षणका क्रममा ऋण दुरुपयोग भएको पाइएमा त्यस्तो ऋण खराब कर्जामा वर्गीकरण गरेर असुली प्रकृयामा जानु पर्नेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/08/Working-capital-loan-guidelines-2079.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स