काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले बिक्री खुला गरेको ‘एनएमबि सरल बचत फण्ड—ई’ को इकाइका लागि आवेदन दिने आज (भदौ २१ गते) अन्तिम हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाइ पहिलो चरणमा निष्काशन गरेको हो ।
त्यसैगरी, कूल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रबद्र्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
एनएमबि क्यापिटलको उक्त इकाइ हिजो आइतबार साँझसम्ममा ८० हजार ९६ आवेदनबाट ४ करोड ६१ लाख ५४ हजार ४५० इकाइको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको २ करोड ५० लाख इकाईको १.८६ गुणा भन्दा बढी हो ।
यो एक खुलामुखी योजना हो् । क्यापिटलले भदौ १७ गतेदेखि बिक्री खुला गरेको थियो ।