बीओके र हिमालयन बैंकले पाए १० वर्षपछि आफ्नो पैसा फिर्ता

काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले १० वर्षपछि आफ्नो पैसा फिर्ता पाएका छन् । दुवै बैंकले चीनमा मुद्दा जितेपछि मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापतको सबै रकम मंगलबार फिर्ता पाएका हुन्।

बीओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो फिर्ता पाएको छ भने हिमालयन बैंकले ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता पाएको छ।

बैंक ग्यारेन्टीबापत रकम फिर्ता नहुँदा यी दुवै बैंकको ठूलो रकम १० वर्षदेखि फसेको थियो। मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुल उपर सम्बन्धी मुद्दा चीनको अदालतमा सुनुवाइ भएको थियो ।

गत साउन १५ गते यी दुई बैंकले मुद्दा जितेका हुन् । मुद्दाको अन्तिम फैसला भएको २० दिनपछि बैंकले सबै पैसा फिर्ता पाएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स