खप्तड लघुवित्तको आईपीओमा सर्वसाधारणले भोलिबाट आवेदन दिन सकिने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भोलि (भदौ ८ गते) देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले चुक्ता पूँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्नेछ ।

जस मध्ये २ हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ भने ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १३ सय २० कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ । लघुवित्तले बैशाख ११ गते बोर्डमा आवेदन दिएको थियो । बोर्डले साउन १० गते अनुमति प्रदान गरेको हो ।

कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स