काठमाडौं । एनएमबि बैंक सिंगापुरको एशियन बैंकिङ एण्ड फाईनान्स पत्रिकाले दिने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणी अन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’ को अवार्डबाट सम्मानित भएको छ ।
अन्तर्राष्ट्रिय वित्त निगम –आईएफसी)सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ रुपमा सम्मान गरेको हो ।
आईएफसीसँग सम्झौता अन्तर्गत एनएमबि बैंकले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायु मैत्री परियोजना र उद्यमशील गतिविधिहरू प्रति निरन्तर कर्जा प्रवाह गर्ने प्रतिबद्धता गरे बापत प्राप्त गरेको हो ।
एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ फाईनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको छ । २०१३ देखी ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ ।
बैंंकले डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्यूनीकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनको लागि अग्रसर रहेको छ ।
एनएमबि बैंक वातावरण मैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको छ । यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन मिल्ने प्रेरणा मिलेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।