काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरूउपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।