काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा ७ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली शाखा रहित बैंकिङ सेवा शुरु गरेको हो ।
चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटीमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोकमा गरी जम्मा ७ स्थानमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बंैकिङ सेवा प्रदान गर्ने उदेश्यले बैंकले शाखा रहित बंैकिङसेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा ७ शाखारहित बंैकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंकको शाखा रहित बंैकिङसेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखा, ५ एक्सटेन्सन काउण्टर र शाखा रहति बैकिङ गरी जम्मा ३३९ स्थानबाट १० लाख भन्दा बढी ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरू सञ्चालनमा रहेको छन् ।