नबिल बैंकले ल्यायो नबिल डिजी वर्कस्पेस, काम छिटो र धेरै गर्न सकिने

काठमाडौं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नति गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । उक्त वर्कस्पेसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छ, कोसँग छ, सो वारे सहजै जानकारी पाउने छन् । अर्थात आफूले गर्नुपर्ने काम सहजै एक क्लिकबाट भेट्ने सक्नेछन् । सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्नेछन् ।

त्यसपछि विद्युतिय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।यसो गर्दा कम समयमा धेरै काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान गर्न सकिने बैंकमा अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले जानकारी गराए । ‘यो सिष्टमले बैंकको कामलाई छिटो र सहज बनाउने छ,’ उनले भने ‘यसले पेपरलेस कारोबारलाई अघि बढाउने छ ।

कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स