एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक समूहको ६६ हजारभन्दा बढी कित्ता सेयर आज (भदौ ६ गते) बाट बिक्री गर्ने भएको हो ।

बैंकले संस्थापक सेयरधनीहरु मानबहादुर फागु र भानुभक्त शर्माको नाममा कुल ६६ हजार ६३० कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा फागुको ५२ हजार ३०५ कित्ता र शर्माको १४ हजार ३२५ कित्ता छन्।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र बोलपत्र पेस गर्न सक्नेछन्।

उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिन भित्र आवश्यक कागजात सहित कम्पनी सचिबको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

सो अवधिमा विद्यमान संस्थापकहरुका खरिदका लागि निवेदन नपरेमा उक्त सेयर योग्य जोसुकै लगानीकर्ता तथा संघसंस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स