२२ बैंकको निक्षेप घट्दा, ११ बैंकको कर्जा पनि घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये २२ वटा वाणिज्य बैंकको निक्षेप घटेको छ । २२ बैंकको निक्षेप घटेसँगै ११ बैंकको कर्जा पनि घटेको छ ।

असार महिनाको तुलनामा साउन महिनामा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको निक्षेप घटेको छ भने ४ वटा बैंकको निक्षेप बढेको छ । राष्ट्रिय वाणिज्य बैंकको यो अवधिमा १५३२ प्रतिशतले घटेर २ खर्ब ४१ अर्ब ३१ करोडमा झरेको छ । असारअन्त्यसम्म बैंकको निक्षेप २ अर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । साउन पछिल्लो सातामात्रै बैंकको निक्षेप पौन ३ प्रतिशतले घटेको हो । निक्षेप घटेपनि बैंकको कर्जा भने १.२६ प्रतिशतले बढेको छ ।

साउन महिनामा प्रभु बैंकको निक्षेप १२ प्रतिशतभन्दा बढीले घटेको छ भने नेपाल बैंक र एनसीसी बैंकको निक्षेप करिब ११ प्रतिशतले घटेको छ । कुमारी बैंकको निक्षेप ८.३६ प्रतिशतले घटेको छ भने कृषि विकास बैंकको नाफा ७.३० प्रतिशतले घटेको छ । निक्षेप घटेका बैंकमध्ये सिटिजन, सिभिल माछापुच्छे« बैंकको पनि ४ प्रतिशतभन्दा बढीले निक्षेप घटेको छ ।

सबै बैंकको निक्षेप घट्दा पनि नेपाल इन्भेष्टमेन्ट बैंकर एनआईसी एशिया बैंकको निक्षेप भने बढेको छ । एनआईसी एशिया बैंकले साउनमा १० प्रतिशतले भन्दा बढी निक्षेप बढाएको छ । उक्त बैंकले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ बढी अफर भन्ने विशेष स्कीम ल्याएकोले निक्षेप बढेको हो ।

असार अन्त्यमा २ खर्ब ९४ अर्ब ९८ करोड रहेको निक्षेप साउन २७ गतेसम्म बढेर ३ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ । बैंकले साउनको २७ दिनमा १० अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । योजना लागू भएदेखि बढ्दै गएको निक्षेप २७ दिनमा सो पुँजी बढेको हो ।

यो अवधिमा नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टड बैंकको पनि निक्षेप बढेको छ ।

सिभिल, नबिल, नेपाल बैंक, एनसीसी, एनएमबि, प्राइम, स्ट्याण्डर्ड चार्टड, सनराइज, कृषि विकास बैंक र बैंक अफ काठमाडौंले कर्जा घटाएका छन् । यो अवधिमा एनसीसी बैंकको कर्जा र निक्षेप दुबै घटेको छ । ११ बैंक बाहेक १५ वटा बैंकको कर्जामा केहि सुधार आएको छ । असार महिनासम्म कर्जा ठप्प जस्तै पारेर बसेका वाणिज्य बैंकहरूले साउन लागेपछि भने कर्जामा केहि सुधार हुन थालेको देखिएको छ । पछिल्लो समय ठूलो पुँजीको कर्जा प्रवाह गर्न नसकेपनि मार्जिन कर्जा भने दिन थालेको बुझिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स