४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज (भदौ ६ गते) अन्तिम दिन रहेको छ।

भदौ ७ गते लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेका सिद्धार्थ क्यापिटलका २ र लक्ष्मी क्यापिटलका २ गरि ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

जस अनुसार आजसम्म नेप्सेमा कारोबार भर्ई कायम यी म्युचुअल फण्डका इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले ५(५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशतले हुन आउने १३ करोड ५० लाख रुपैंया र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड–२ ले १० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स